+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मेडिकलमा सुई लगाएको केही मिनेटमा युवकको मृत्यु

अत्रिदेव खबर
२०८२ बैशाख १५, सोमबार

सुखड : कैलालीको घोडाघोडी नगरपालिका–८ का ३५ वर्षीय निरजबहादुर शाहीको स्थानीय मेडिकलमा सुई लगाएको केही मिनेटमै मृत्यु भएको छ।
सोमबार बिहान टाउको दुखेपछि शाही नजिकै रहेको दहित मेडिकल गएका थिए। मेडिकल सञ्चालक ईन्द्र दहित काठमाडौं गएका बेला मेडिकलमा कार्यरत ल्याब असिस्टेन्ट महाबिर चौधरीले जन्डिस भएको भन्दै इन्जेक्सन दिएका थिए। प्रत्यक्षदर्शीका अनुसार इन्जेक्सन लगाइएपछि शाहीले तुरुन्तै खोक्न थालेका थिए। खोक्दाखोक्दै मुखबाट फिज निस्किएको र छटपटाउन थालेको बताइएको छ।
झाडापखालाको उपचारका लागि त्यही मेडिकलमा गएका खडकबहादुर साउँदले भने, “मलाई सलाइन चढाएर बसेको थिएँ, निरज भाईलाई एउटा इन्जेक्सन लगाइयो। इन्जेक्सन दिँदै उहाँ खोक्न थाल्नुभयो, फिज आयो र केहीबेरमै अवस्था गम्भीर बन्यो। चिकित्सकले कृतिम सास दिने प्रयास गरे पनि उहाँको ज्यान जोगाउन सकिएन।”
शाहीका ससुरा रामबहादुर शाहीका अनुसार बिहान चिया–खाजा खाएर सँगै निस्किएका ज्वाइँको केही मिनेटमै मृत्युको खबर आयो। उनले आक्रोश पोख्दै भने, “केही नभएका ज्वाइँको अकाल मृत्यु कसरी भयो?  हामी न्याय माग्छौं।”
घटनापछि ल्याब असिस्टेन्ट महाबिर चौधरी फरार भएका छन्। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय सुखडबाट सरुवा भएर आजै आएका डीएसपी रमेश अवस्थीको नेतृत्वमा १० जना प्रहरी टोली घटनास्थलमा खटिएको छ। मेडिकल सञ्चालक ईन्द्र दहितले पनि चौधरी फरार रहेको र उनको खोजी भइरहेको जानकारी दिएका छन्।

२०८२ बैशाख १५, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ बैशाख १५, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ