+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अभियान आजै  सुदुरपश्चिम प्रवेश गर्ने 

जनताको बीचमा प्रचण्ड : बर्दियामा सहिद परिवारसँग भावुक भेट,

अत्रिदेव खबर
२०८२ बैशाख १५, सोमबार

बर्दिया : ‘जनतासँग माओवादी’ विशेष अभियानअन्तर्गत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बर्दिया पुगेका छन्। बर्दियामा उनले सहिद तथा बेपत्ता परिवारका सदस्यहरूसँग भावुक भेटघाट गरेका छन्।

भेटका क्रममा अध्यक्ष प्रचण्डले परिवारका सदस्यहरूको पीडा र अपेक्षाहरू गम्भीरतापूर्वक सुनेका थिए। परिवारका सदस्यहरूले पनि आफ्ना कुरा खुल्न पाएकोमा खुसी व्यक्त गर्दै प्रचण्डलाई आफ्नो अभिभावकसरह माया र भरोसा व्यक्त गरे।

यस्तै, अभियानलाई थप व्यापक बनाउँदै अध्यक्ष प्रचण्ड आजै कैलालीतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। अभियानले जनताबीच माओवादी केन्द्रलाई अझ नजिक पुर्‍याउने लक्ष्य राखिएको बताइएको छ।

२०८२ बैशाख १५, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ बैशाख १५, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ