+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

न्यु स्टारले गर्‍यो मानव बेचबिखन विरुद्ध जनचेतनामूलक कार्यक्रम

अत्रिदेव खबर
२०८१ माघ १३, आईतबार

 

अत्रिदेव खबर/ संस्कार र शिक्षाको उत्कृष्ट सङ्गम कैलालीको घोडाघोडी नगरपालिका-१ मा रहेको न्यु स्टार इङ्लिस बोर्डिङ स्कुलले आइतबार लागू औषध तथा मानव बेचबिखन विरुद्ध जनचेतनामूलक कार्यक्रम गरेको छ ।

न्यु स्टार इङ्ग्लिस बोर्डिङ स्कुलको आयोजना तथा इलाका प्रहरी कार्यालय सुखडको सहकार्यमा प्रहरी-समुदाय साझेदारी कार्यक्रम अन्तर्गत  लागू औषध तथा मानव बेचबिखन विरुद्ध जनचेतना कार्यक्रम गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल परशुराम भण्डारी(पिआर) ले बताउनुभयो । कार्यक्रममा सहभागी बिद्यार्थी तथा अभिभावक

कार्यक्रममा सहभागी बिद्यार्थीलाइ इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक श्री दीर्घ सिंह साउदले बढ्दो लागु औषधको प्रयोग त्यसले समाजमा पारेको असर र त्यस्ता क्रियाकलापबाट बच्ने उपायबारे सहजीकरण गर्नुभएको थियो । साउदले बिद्यार्थीहरुलाइ  मानव बेचबिखन विरुद्ध समेत सचेतिकरण बारे जानकारी गराउनुभएको हो ।

आइतबारै शैक्षिक अभियन्ता क्षेत्रप्रसाद ज्ञवालीले विद्यार्थी  उत्प्रेरणा तथा एसइई बुस्टअप सम्बन्धी अभिमुखीकरण तथा उत्प्रेरणा सहजीकरण गर्नुभएको थियो ।  कार्यक्रममा सहभागीहरूलाई विद्यालयका प्रिन्सिपल परशुराम भण्डारी(पिआर)ले शिक्षा र  संस्कार को विषयमा आफ्ना धारणा व्यक्त गर्नुभएको दिनुभयो।

२०८१ माघ १३, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ माघ १३, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ