+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रुकुम पश्चिममा बाढीले घर पुरिँदा ३ बालिकाको मृत्यु, एक अझै बेपत्ता

अत्रिदेव खबर
२०८१ श्रावण १, मंगलबार


अत्रीदेव खबर / साउन १ : रुकुम पश्चिममा गएराति आएको बाढीले घर बगाउँदा पुरिएका तीन बालिकाको शव निकालिएको छ।

जिल्लाको आठविसकोट-१२ को झिन्चौर खोलामा आएको बाढीले घर बगाउँदा तीन बालिका पुरिएका थिए।

आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीका अनुसार बाढीले घर बगाउँदा पुरिएर मृत्यु भएका १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्कीको शव निकालिएको छ।

उनका अनुसार बाढीले घर बगाउँदा बेपत्ता भएका ४० वर्षीय डिल्लीबहादुर बुढाथोकीको खोजी भइरहेको छ। उनी बसेको घरमै पुरिएको हुनसक्ने आशङ्का गरिएको छ। लेदोसहितको बाढीले घर पुरिएपछि डोजर लगाएर लेदो हटाउने तयारी भइरहेको छ।

बाढीमा परेर घाइते भएका सात जनाको आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ। अहिले प्रहरी र स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेको नगरप्रमुख केसीले बताएका छन्। 

२०८१ श्रावण १, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ श्रावण १, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ