+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कास्कीमा पहिरो,घर पुरिँदा सातको मृत्यु

अत्रिदेव खबर
२०८१ अषाढ २८, शुक्रबार


अत्रीदेव खबर/ असार २८ : कास्कीमा पहिरो खसेर घर पुरिँदा सात जनाको मृत्यु भएको छ।

बिहीबार राति सवा १० बजे पोखरा महानगरपालिका वडा नम्बर १९ तल्नाकोट टाढीमा पहिरोले पुरिँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए।

उनका अनुसार कुलबहादुर परियारको घरमा पहिरो खसेको हो। मृतक एकै परिवारका छन्।

डिएसपी शर्माका अनुसार ४६ वर्षीय कुलबहादुर परियार, ४३ वर्षीया मनकुमारी परियार, आमा ८५ वर्षीया लक्षिमा परियार,  छोरी १५ वर्षीया प्रशना परियार, चितवन घर भएका ज्वाइँ २५ वर्षीय अस्मित परियार, २० वर्षीया प्रभा परियार र ५६ वर्षीया राधिका परियारको मृत्यु भएको हो।

उनीहरूको शव निकालिसकेको छ।

२०८१ अषाढ २८, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ २८, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ