+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कांग्रेसद्वारा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन ह्वीप जारी

अत्रिदेव खबर
२०८१ अषाढ २७, बिहिबार


अत्रीदेव खबर / असार २७ : नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले विश्वासको मतका लागि राख्ने प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डले भाेलि शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ।

काँग्रेसले आफ्ना सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन र तटस्थ नरहनसमेत निर्देशन दिएकाे छ।

‘मिति २०८१ साल असार २८ गते शुक्रबारका दिन विहान ११:०० बजे प्रारम्भ हुने प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन (व्हिप) जारी गरिन्छ’, प्रमुख सचेतक लेखकले जारी गरेको निर्देशनमा भनिएकाे छ ।

२०८१ अषाढ २७, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ २७, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ