+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाल सुधार गृहमा झडप,केही बाल कैदी फरार

अत्रिदेव खबर
२०८१ अषाढ २५, मंगलबार


अत्रीदेव खबर / असार २५ : बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बाल सुधार गृहमा सोमबार राति झपड हुँदा केही बाल कैदी फरार भएका छन्।

सोमबार साँझ करिब ७ बजे खाना खाने विषयमा विवाद उत्पन्न भएसँगै झडप भएको थियो। झडपपछि झण्डै ५० जना बाल कैदी सुधार गृहबाट भागेका हुन्।

भागेकामध्ये ८ जना अझै फरार छन्। अन्यलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। यहाँ २ सय ७२ जना बाल कैदी राखिएको छ। विवाद गर्ने ८ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

बाँके प्रशासनको र प्रहरीको कडा व्यवस्थापनमा रहेको सुधार गृहमा पटकपटक यस्ता घटना भइरहन्छन्।

२०८१ अषाढ २५, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ २५, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ