+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दूध बेचेर फर्कदै थिए ,राप्तिले बगायो

अत्रिदेव खबर
२०८१ अषाढ २२, शनिबार


अत्रीदेव खबर / असार २२ : दाङको लमहीमा राप्ती नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन्। दुई जनाको भने उद्धार भएको छ।

जिल्लाको राजपुर गाउँपालिका – २ का  १९ वर्षीय  राजकुमार यादव राजकुमार यादवलाई राप्तीको बाढीले बगाउँदा बेपत्ता छन्।

इलाका प्रहरी कार्याल अमेलिका प्रमुख प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठ बेपत्ता युवकको खोजीको प्रयास जारी रहेको बताए ।

एकाबिहानै राजपुरबाट राप्ती नदी तरेर दूध बेच्न लमही आएका उनलाई फर्किने क्रममा बाढीले बगाएको हो।

उनीसंगै रहेका ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको भने उद्धार भएको छ।  नेपाल सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाबाट खटिएका सुरक्षाकर्मीले दुई जनालाई उद्धार गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।
बाढी आउँदा दुइ जना रुखमा चढ्नु भएछ,’ श्रेष्ठले भने ‘ बेपत्ता युवकले रुख समात्न नपाउँदै बगाएको भन्ने छ।’

दूध बेचेर संगै घर फर्किने क्रममा लमही नगरपालिका – ७ हस्नापुर नजिकबाट राप्ती नदी तर्ने क्रममा बाढी आएका कारण एकजना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।

२०८१ अषाढ २२, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ २२, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ