+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एकीकृत समाजवादीले टुंगो लगायो ९३ सदस्यीय केन्द्रीय कमिटी( सुची सहित )

अत्रिदेव खबर
२०८१ अषाढ २१, शुक्रबार


अत्रीदेव खबर / असार २१ : नेकपा (एकीकृत समाजवादी) ले ९३ सदस्यीय केन्द्रीय कमिटी टुंगो लगाएको छ। 

दसौं महाधिवेशनमा सर्वसम्मत ढंगले नेतृत्व छानिरहेको एकीकृत समाजवादीले अध्यक्ष, सम्मानित नेता र महासचिव सहित ९३ जना केन्द्रीय सदस्य टुंग्याएको हो।

एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाल बिहीबार नै सर्वसम्मत भएका थिए।

शुक्रबार ९३ सदस्य मात्रै टुंगो लगाइएको एक नेताले बताए। एकीकृत समाजवादीमा २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने यसअघि नै निर्णय भएको थियो।

एकीकृत समाजवादीले उपलब्ध गराएको सूचीमा यसअघि केन्द्रीय कमिटीमा रहेका धेरै नेता अटाएका छैनन्।

२०८१ अषाढ २१, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ २१, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ