+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रास्ट्रपतिले तोके प्रधानमन्त्री प्रचण्डलाई थप ८ मन्त्रालयको जिम्मेवारी

अत्रिदेव खबर
२०८१ अषाढ २०, बिहिबार


अत्रीदेव खवर / असार २० : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई थप ८ वटा मन्त्रालयको जिम्मेवारी तोकिएको छ । एमालेका ८ जना मन्त्रीहरूले बुधबार पदबाट राजीनामा दिएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७७ को उपधारा २ को खण्ड ‘क’ बमोजिम उनीहरुले सम्हाल्दै आएका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकेका हुन् ।  
बुधबार उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुनमन्त्री पदम गिरी, कृषिमन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, उद्योगमन्त्री दामोदर भण्डारी, महिला बालबालिकामन्त्री भगवती चौधरी, खानेपानीमन्त्री राजेन्द्र कुमार राई र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए । राजीनामापछि बिहीबार राष्ट्रपतिले सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकेका हुन् ।

२०८१ अषाढ २०, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ २०, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ