+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

डोकेबजार–पाण्डौन सडक निर्माणमा ढिलासुस्ती,नागरिकलाइ सास्ती

अत्रिदेव खबर
२०८१ अषाढ २०, बिहिबार


अत्रीदेव खबर/ असार २० : कैलालीको घोडाघोडी नगरपालिका–५, डोकेबजार पाण्डौन सडकखण्ड अन्तर्गत शीतलपुर सडक निर्माण कार्य ढिलासुस्ती भएको छ। १४ महिनामा कालोपत्रे गरिसक्नुपर्ने सो सडकको लेबल मिलानका नाममा ठाउँ ठाउँमा माटो थुपारिएको छ।
सडकबिचमा माटो थुपार्दा सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ। ठेकेदारले निर्माण कार्यमा ढिलासुस्ती गरेपछि स्थानीयले हिलाम्मे सडकमा धान रोपेर दबाबसमेत दिएका छन। सडक हिलाम्मे बनेपछि सो सडक भएर गुड्ने सवारीसाधनसमेत सडकमा जाम हुने, धकेलेर ओहोरदोहोर गराउनुपर्ने बाध्यता रहेको सवारीचालकले गुनासो गरेका छन। प्रदेश सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०७९÷८० मा १४ महिनामा निर्माण सम्पन्न गर्ने गरेर टेडी निर्माण कम्पनीले सडक निर्माणको जिम्मा पाएको थियो।
२०८० वैशाखमा सम्झौता भएर २०८१ साउनमा निर्माण सक्ने गरी सुरुको वर्ष ३० लाख रुपियाँ बजेट खर्चिएको र चालु आवमा विनियोजन भएको ५० लाख रकममध्ये ४७ लाख रुपियाँ खर्च भएको जनाइएको छ। प्राविधिक दुर्गा अवस्थीले पाँच करोड रुपियाँ लागतमा दुई हजार सात सय मिटर कालोपत्रे गर्न ठेक्का सम्झौता भएको बताए।
निर्माण कम्पनीले चालु आवमा आठ वटा ह्युमपाइप राख्ने, साइडमा वाल लगाउने र बाटोको लेबल मिलानका लागि माटो पटान गर्ने काम गरेको उनले बताए । बर्सात सुरु भएपछि सो सडक कालोपत्रे निर्माणको काम रोकिएको छ।

२०८१ अषाढ २०, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ २०, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ