+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रास्वपाका मन्त्रीहरुले राजीनामा बुझाउँदै

अत्रिदेव खबर
२०८१ अषाढ २०, बिहिबार


अत्रीदेव खबर / असार १९ : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट सरकारमा सहभागी भएका मन्त्रीहरुले आज राजीनामा दिने भएका छन् ।
बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर उनीहरुले राजीनामा बुझाउन लागेका हुन् । सरकारमा सहभागी ४ जनै मन्त्रीले राजीनामा बुझाउन जान लागेको रास्वपाका एक सांसदले बताए ।
प्रचण्ड सरकारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नेतृत्वमा ४ जना मन्त्री सहभागी छन् । रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।

२०८१ अषाढ २०, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ २०, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ