+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई काङ्रेशको आग्रह

अत्रिदेव खबर
२०८१ अषाढ १९, बुधबार


अत्रीदेव खबर/असार १९ : नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गरिदिन आग्रह गरेको हो।

बैठकपछि प्रमुख सचेतक रमेश लेखकले अहिलेको यथार्थ राजनीतिक परिस्थितिको ठिक मूल्यांकन गर्दै मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको जानकारी दिए।

‘अहिलेको यथार्थ राजनीतिक परिस्थितिको ठिक मूल्यांकन गर्दै मार्गप्रशस्त गरिदिन हामीले आज प्रधानमन्त्रीलाई आग्रह गरिएको छ,’ उनले भने, ‘एमालेले पनि प्रधानमन्त्रीलाई अनुरोध गरिसकेको छ। प्रधानमन्त्रीले मार्गप्रशस्त गरेमा तुरून्त नयाँ सरकार बन्छ। तर संविधानअनुसार उहाँले विश्वास मत लिन खोजे एक महिना समय त पाउनु हुन्छ।’
प्रधानमन्त्री दाहालले परिस्थितिलाई ठिक ढंगले बुझ्ने भएकोले मार्गप्रशस्त हुने विश्वास उनको छ।

२०८१ अषाढ १९, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ १९, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ