+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मुकुल ढकालले भने”केन्द्रीय कमिटी बैठक प्रत्यक्ष प्रसारण गर्नुपर्छ”

अत्रिदेव खबर
२०८१ अषाढ १६, आईतबार


अत्रीदेव खबर / असार १६ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री डा. मुकुल ढकाल बुधबारको केन्द्रीय कमिटी बैठक प्रत्यक्ष प्रसारण गर्न माग गरेका छन्। 

बुधबार बस्ने केन्द्रीय समिति बैठकमा समीक्षा यात्राको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची तय गरिएको छ।

‘बुधबारको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्नका लागी सभापतिलाई आग्रह गरेको छु, हाम्रो अडिट जनताले गरून्,’ महामन्त्री ढकालले भनेका छन्।

बैठक लाइभ गर्ने वा नगर्ने सम्बन्धमा सभापतिबाट जवाफ आइनसकेको उनले बताए।

महामन्त्री ढकालले बुधबार पार्टी सभापति रवि लामिछानेलाई समीक्षा प्रतिवेदन बुझाएका छन्।

इलाम–२ को उपचुनावमा हार व्यहोरेपछि महामन्त्री ढकालले समीक्षा यात्रामा निस्किएका थिए। उनले ३९ जिल्ला घुमेर प्रतिवेदन बुझाएका छन्। प्रतिवेदनमा पार्टी संकटापन्न अवस्थामा पुगेको र मुस्किलले राष्ट्रिय पार्टी बन्न सक्ने निष्कर्ष निकालेका छन्।

२०८१ अषाढ १६, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ १६, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ