+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राेजगारीका लागि इजरालय र जर्मनी पठाउने बहानामा हुन सक्ने ठगीबाट जाेगिन विभागकाे आग्रह

अत्रिदेव खबर
२०८१ अषाढ १४, शुक्रबार


अत्रीदेव खबर / असार १४ : वैदेशिक राेजगार विभागले राेजगारीका लागि इजरायल र जर्मनी पठाउने बहानामा हुन सक्ने ठगीबाट जाेगिन अनुराेध गरेकाे छ।

यी देशमा जी टू जी प्रक्रियामार्फत् कामदार पठाउने गरिएकाेले अन्य कुनै कन्सल्टटेन्सी वा व्यक्तिकाे पछाडि नलाग्न विभागले अनुराेध गरेकाे हाे।

‘इजरायलका विभिन्न क्षेत्रमा राेजगारीकाे प्रलाेभन देखाई विभिन्न व्यक्ति तथा समूहहरुले गैरकानूनी रुपमा प्रलाेभनमा पारी रकम लिने गरेकाे सूचना प्राप्त भएकाेले केयर गिभर या अन्य क्षेत्रका नाममा हुन सक्ने ठगीबाट सचेत रहन विभाग हार्दिक अनुराेध गर्दछ’, विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यी देशमा पठाउने भन्दै रकम असुली गरेका सूचना प्राप्त भएकाे र ती सूचनाका आधारमा सुक्ष्म अध्ययन सुरु गरेकाे विभागले जनाएकाे छ।

विभागले यदि कसैले ती देशमा पठाउने भन्दै रकम असुली गरेमा श्रमाधान कल सेन्टरमार्फत् जानकारी गराउनसमेत अनुराेध गरेकाे छ।

विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन ८०० नेपाली सहायक कामदारकाे लागि आवेदन खुला गरेकाे छ।

इजरायलमा जी टू जी प्रक्रियामार्फत कामदार छनाैट गरेर पठाइने भएकाे र छनाैटका क्रममा कुनै भनसुन नहुने पनि विभागले स्पष्ट पारेकाे छ।

२०८१ अषाढ १४, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ १४, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ