+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आगामी आर्थिक वर्षको बजेट संसदबाट बहुमतले पारित

अत्रिदेव खबर
२०८१ अषाढ ११, मंगलबार


अत्रीदेव खबर / असार ११: आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ।

गत जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेकाे आगामी आर्थिक वर्षकाे बजेट मंगलबारकाे प्रतिनिधिसभा बैठकबाट बहुमतले पारित भएकाे हाे।

सरकारका तर्फबाट अर्थमन्त्री पुनले गत जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट पेश गरेका थिए। उक्त बजेटलाई अर्थमन्त्री पुनले पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए। उपसभामुख इन्दिरा राना मगरले बहुमत पुगेकाले प्रतिनिधिसभाबाट बजेट  पारित भएको घोषणा गरेकी हुन्।

बजेट पारितको प्रस्तावअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिएका थिए।

२०८१ अषाढ ११, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ ११, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ