+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक बस्दै

अत्रिदेव खबर
२०८१ अषाढ ११, मंगलबार


अत्रीदेव खबर / असार ११ : नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक मंगलबार बस्ने भएको छ।
बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्साल र चीनका तर्फबाट उपविदेशमन्त्री सुन वेइतोङले गर्दैछन्।

यसअघि संयन्त्रको बैठक २०७९ चैतमा बेइजिङमा भएको थियो। बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। यो संयन्त्रको सोह्रौं बैठक हो।
बैठकमा सहभागी हुन उपविदेशमन्त्री सुन सोमबार काठमाडौं आइसकेका छन्। सोमबार नै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्।

२०८१ अषाढ ११, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ ११, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ