+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

काँग्रेस सांसदको प्रश्न : पार्टी सदस्यता नवीकरण गरे पूर्वराष्ट्रपतिले सुविधा लिन मिल्छ कि मिल्दैन ?

अत्रिदेव खबर
२०८१ अषाढ ५, बुधबार

काठमाडौं। नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले पार्टीको सदस्यता नवीकरण गरेको अवस्थामा पूर्वराष्ट्रपतिको हैसियतमा राज्यले दिने सेवा सुविधाबारे संसदमा प्रश्न उठाएका छन्। पूर्वराष्ट्रपतिले पार्टीको सदस्यता नवीकरण गरे सरकारी सुविधा लिन मिल्छ मिल्दैन भन्दै उनले प्रश्न गरे।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद खतिवडाले उक्त विषयमा सरकारसँग जवाफ माग गरेका हुन्। ‘पूर्वराष्ट्रपतिले एउटा पार्टीको सदस्यता नवीकरण गरेको कुरा आयो। सदस्यता नवीकरण गरेको हो भने पूर्व राष्ट्रपतिको हैसियतमा सुविधा लिन मिल्छ मिल्दैन ?,’ उनले प्रश्न गरे, ‘राज्यले त्योबारे के सोचेको छ ? सरकारले त्यसको जवाफ देओस्।’

त्यस्तै, धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा सत्तारुढ राजनीतिक दलहरूबीच विवाद भइरहेको विषय पनि सांसद खतिवडाले संसद्मा उठाएका छन्। उनले भने, ‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्न सत्तारुढ दलमा रस्साकस्सी पुगेको छ र कानुनी प्रक्रिया नपुर्‍याईकन नियुक्ति प्रक्रिया अगाडि बढाइयो भन्ने सुन्नमा आएको छ। कानुन अनुसार नियुक्ति गर्ने पद्धतिको विकास होस्।’

२०८१ अषाढ ५, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ ५, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ