+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी सर्वसम्मत

अत्रिदेव खबर
२०८० पौष २७, शुक्रबार


टीकापुर : नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी सर्वसम्मत चयन भएका छन । टीकापुरमा विहीबार देखि सुरु भएको प्रथम महाधिवेशनले उनलाई सर्वसम्मपत पार्टीको अध्यक्ष चयन गरेको हो ।

यसअघि उनी पार्टीको संरक्षक थिए । यसअघि चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ पार्टी अध्यक्ष रहेकी थिइन् । अधिवेशनमा निर्धारित समयमा रेशमलाल चौधरीको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत अध्यक्ष चयन भएका हुन ।

चौधरीको प्रस्तावक रोशन थापा र समर्थक सानु शाक्य थिए । पार्टीको संरक्षक रहेका चौधरी २०७४ मा कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् । चौधरी सर्वसम्मत भएपनि घोषणा भने गरिएको छैन ।

२०८० पौष २७, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८० पौष २७, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ