+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तरुण दलको नेतृत्वमा घोडाघोडी सरसफाइ

अत्रिदेव खबर
२०८० मंसिर १६, शनिबार

अत्रीदेव खबर / १६ मसिंर सुखड : कैलालीको धार्मिक तथा पर्यटकीय क्षेत्र घोडाघोडी मन्दिर परिसरमा सरसफाइ गरीएको छ । नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दल घोडाघोडी नगर कार्यसमितिको आयोजनामा सरसफाइ गरिएको हो । मन्दिर भित्र रहेको फोहोर सङ्कलन तथा सरसफाइ गर्नुको साथै मन्दिर वरपरको फोहोरलाई सङ्कलन गरी सरसफाइ गरेको थियो ।

नेपाल तरुण दल घोडाघोडी नगर कार्यसमितिको आयोजनामा भएको सरसफाइ कार्यक्रममा नेपाल प्रहरी, नेपाल तरुण दल तथा नेपाल विद्यार्थी सङ्घमा आबद्ध युवाहरू, नेपाली काँग्रेस बाट निर्वाचित वडा अध्यक्षहरू र नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

घुम्न आउने पर्यटकलाई ताल तथा मन्दिर क्षेत्रको राम्रो सन्देश जाओस भनेर आफूहरूले सरसफाइ सुरु गरेको नगर अध्यक्ष महेन्द्र शाहले बताए । आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा सधैँ हातेमालो गरेर अगाडी बढ्ने उनले जानकारी दिए । धार्मिक तथा पर्यटकीय क्षेत्र घोडाघोडी मन्दिरमा सरसफाइ लाई निरन्तरता दिने शाहले जानकारी दिए ।

२०८० मंसिर १६, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८० मंसिर १६, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ