+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाजुरामा ट्र्याक्टर दुर्घटना हुँदा ३ जना घाइते

अत्रिदेव खबर
२०७९ अषाढ ५, आईतबार

धनगढी: बाजुरामा ट्र्याक्टर दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। प्रहरीका अनुसार शनिबार जिल्लाको जगन्नाथ गाउँपालिका-४, बगउरा भन्ने ठाउँमा सु प प्र ०१–००२ त ५०९३ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो।

 

दुर्घटनामा जगन्नाथ-४ कै उजली भण्डारी, विमला धराला र जगत भण्डारी घाइते भएका प्रहरीले बताएको छ। उनीहरु तीनै जनाको कोल्टी स्वास्थ्य चौकीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

२०७९ अषाढ ५, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ अषाढ ५, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ