+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कांग्रेस आईका नेताको हत्यारा खोज्दै दिल्ली प्रहरीको टोली काठमाडौंमा

अत्रिदेव खबर
२०७९ जेष्ठ २०, शुक्रबार

भारतीय गायक तथा कांग्रेस आईका नेता सिद्धु मुसेवालाका हत्यारा खोज्दै दिल्ली प्रहरीको टोली काठमाडौं आएको छ।

नेपाल प्रहरीसँग समन्वय गरेरै उक्त टोली काठमाडौं आएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ।

मुसेवालाका हत्यारा नेपाल लुकेर बसेको र उनीहरुलाई खोज्न भारतीय प्रहरीको टोली काठमाडौं आएको इन्डिया टुडेले जनाएको छ।

नेपाल प्रहरीका उच्च अधिकारीले भने हत्यामा संलग्नहरु नेपाल आएको पुष्टि नभइसकेको तर भारतीय प्रहरीले उनीहरुको खोजीमा सहयोग गर्न आग्रह गरेको बताए।

गत आइतबार साँझ २८ वर्षे मुसेवालाको पन्जाबमा ३० राउण्ड गोली हानेर हत्या भएको थियो। मूसेवाला हत्यामा संलग्न रहेको आरोपमा हरियाणाका दुई जना फतेहाबादबाट पक्राउ परे पनि अरु फरार छन्। मुसेवालाको हत्याको जिम्मा लरेन्स बिश्नोई ग्याङस्टरले लिएको छ।

विधानसभामा कांग्रेस आईको उम्मेदवार मुसेवाला मानसा निर्वाचन क्षेत्रमा आम आदमी पार्टीका उम्मेदवारसँग पराजित भएका थिए।

२०७९ जेष्ठ २०, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ जेष्ठ २०, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ