+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गन्न बाँकी मतभन्दा रेनु दाहालको अग्रता धेरै

अत्रिदेव खबर
२०७९ जेष्ठ ९, सोमबार

भरतपुर महानगरपालिकामा एक लाख १९ हजार २५३ मतगणना हुँदा रेनु दाहालले ११ हजार ७४० मतको अग्रता लिएकी छन्।

 

रेनु दाहालले ४८ हजार ३०५ मत ल्याएकी छन् भने एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ३६ हजार ५६५ मत ल्याएका छन्।

यस्तै बागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ५४२ मत ल्याएका छन्।

 

त्यस्तै, उपमेयरमा कांग्रेसबाट चित्रसेन अधिकारीले ४९ हजार २१४ मत ल्याएका छन् भने हिमला गुरूङले २८ हजार ६०४ मत ल्याएकी छन्।

अहिले २६ र २७ नम्बर वडाको मत गणना भइरहेको छ भने २८ र २९ को बाँकी छ।

रेनु दाहालको अग्रता नै ११ हजारभन्दा धेरै भइसक्दा भरतपुरमा अब १० हजारभन्दा कम मत मात्र गन्न बाँकी छ। योसँगै रेनु जीतनिकट छन्।

२०७९ जेष्ठ ९, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ जेष्ठ ९, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ