+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नवनिर्वाचित मेयर रावतले गरे पदभार ग्रहण

अत्रिदेव खबर
२०७९ जेष्ठ ९, सोमबार

 

कैलालीको घोडाघोडी नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख खडक बहादुर रावतले सोमबार पदभार ग्रहण गरेका छन ।
पदभार ग्रहरण गर्दै रावतले सुकुम्बासी, अव्यवस्थित बसोबास र भुमिहिन हरुको लागी चालु आ.ब.  देखी नै जग्गा को लगत संकलन र नाप जाच सुरु गरि निर्धारित समयमै लालपुर्जा बितरण गर्ने निर्णय गरेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्यले पेस गरेको प्रस्तावमा अगामी आर्थिक वर्ष २०७८ / 0७९ देखी लागु हुने गरी भूमि सम्बन्धी समस्या समाधान आयोग, लागत सङ्कलन इकाईबाट भुमिहिन,दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीहरुको लागत सङ्कलन गर्ने कार्य सम्पन्न भई तथ्याङ्क प्रविष्ट कार्य भई रहेकाले उक्त कार्यलाई तोकिएको समयमै सम्पन्न गर्ने गरी आवश्यक कार्य अगाडि बढाइने जनाइएको छ।

पदभार ग्रहणपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नगर प्रमुख रावतले घोडाघोडीको समृद्धि, विकास र पछाडि परेको वर्गको लागी आफू लागी पर्ने बताएका छन् ।

गठबन्धनका सहयात्री दल, समाजसेवी, बुद्धिजीवी, व्यत्तित्वहरु सँग सर–सल्लाह,समन्वय,सहकार्य गरेर समृद्ध घोडाघोडी नगरपालिका बनाउनको लागी आफूले प्रयत्न गर्ने रावतले बताए। जनताले गठबन्धनका उम्मेदवारलाई नगरपालिकाको बागडोर समाल्ने जिम्मा दिएको हुँदा इमान्दारीता पूर्वक जनताको सेवा गर्ने रावतको भनाई छ ।

नगर प्रमुख रावत निबर्तमान नगर प्रमुख तथा एमालेका उम्मेदवार ममता प्रसाद चौधरिलाई फराकिलो मत अन्तरले पराजित गर्दै नगर प्रमुखमा निर्वाचित भएका हुन् । पदभार ग्रहण गर्दै आफू सधै घोडाघोडी नगरबासिहरुको हक हितमा काम गर्ने रावतले  प्रतिवद्धता गरेका छन्।
तिन दलिय गठबन्धनका साझा उम्मेदवार बनेका रावत नेकपा एसका जिल्ला सचिव हुन् ।

२०७९ जेष्ठ ९, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ जेष्ठ ९, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ