+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कैलारीमा गठबन्धनले कारबाही गरेको उम्मेदवारलाई आधिकारिक भन्दा बढी मत, राप्रपालाई अग्रता

अत्रिदेव खबर
२०७९ बैशाख ३१, शनिबार
कैलालीको कैलारी गाउँपालिकामा गठबन्धनले कारबाही गरेको उम्मेदवारले आधिकारिक उम्मेदवार भन्दा बढी मत पाएका छन् ।
तीन दलीय गठबन्धनको आधारमा कैलारी गाउँपालिका अध्यक्ष माओवादीले र उपाध्यक्ष कांग्रेसले पाउने सहमति भएको थियो । सोही सहमति अनुसार कैलारी गाउँपालिकामा गठबन्धनको तर्फबाट माओवादीका उम्मेदवार लाजुराम चौधरी र उपाध्यक्षमा कांग्रेसका भागमा भगवती चौधरीले उम्मेदवारी दिएका थिए ।
पार्टीबाटै उम्मेदवारी दिएर कारबाहीमा परेका कांग्रेसका उम्मेदवार राम समझ चौधरीले अहिले गठबन्धनको भन्दा बढी मत ल्याएका हुन् ।
पाँच सय मत गणना हुँदा अहिले सम्म राप्रपाका अध्यक्ष उम्मेदवारले १८२ मत पाएका छन् । त्यस्तै अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले १४० मत पाएका छन् । तेस्रो अवस्थामा रहेको माओवादी केन्द्रले १ सय मत पाएको छ ।
माओवादीका उम्मेदवार रहेका लाजुराम चौधरी अहिलेका गठबन्धनका आधिकारिक उम्मेदवार हुन् । २६ गते कैलारी पुगेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लाजुराम चौधरीलाई मत मागेका थिए ।
उपाध्यक्षमा पनि राप्रपा अगाडी छ । उपाध्यक्षमा पनि काँग्रेसका उम्मेदवार दोस्रोमा छन् । कांग्रेस उम्मेदवारले १४६ मत पाएका छन् । माओवादीकी बागी उम्मेदवारले ११५ मत पाएकी छन् । माओवादीको तर्फबाट उम्मेदवारी दिएकी लक्ष्मी चौधरी सत्गौवा गठबन्धनको बागी उम्मेदवार हुन् । तर, माओवादी अध्यक्ष प्रचण्डले उनलाई पनि मत मागेका थिए ।

२०७९ बैशाख ३१, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख ३१, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ