+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घोडाघोडीमा ६० प्रतिशत मत खस्यो

अत्रिदेव खबर
२०७९ बैशाख ३०, शुक्रबार

कैलालीको घोडाघोडी नगरपालिकामा ६० प्रतिशत मत खसेको छ । निर्वाचन अधिकृत कार्यालयको अनुसार घोडाघोडीमा ६० प्रतिशत मत खसेको हो । घोडाघोडी नगरपालिकामा ५० हजार ४० जना मतदाता रहेको छन् ।

 

कूल मतदाता मध्ये ६० प्रतिशत मतदाताले मत अधिकार प्रयोग गरेको निर्वाचन अधिकृत भान देव जोशीले जानकारी दिए । मतदान स्थल र मतदान केन्द्रमा मतदाताको उल्लेख्य सहभागिता देखिएको मतदान अधिकृतहरूले बताएका छन् ।

 

घोडाघोडीमा १७ स्थानमा ६० वटा मतदान केन्द्र रहेका छन् । पालिकामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको बताइएको छ । सबै मतदान केन्द्र बाट मतपेटिका मुचुल्का उठाएर गणना स्थलमा ल्याउने काम भइरहेको निर्वाचन अधिकृत कार्यालयले जानकारी दिएको छ । मतगणना आजै गर्ने कि भोलि गर्ने भन्ने बारेमा सर्वदलीय बैठक बसेर निर्णय हुने बताइएको छ ।

२०७९ बैशाख ३०, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख ३०, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ