+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मेरो चरित्र हत्या गर्न नेकपा एमालेका नेताहरूले पैसा बाँडेको आरोप लगाए: अन्सारी

अत्रिदेव खबर
२०७९ बैशाख २९, बिहिबार

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी आफ्नो चरित्र हत्या गर्न नेकपा एमालेका नेताहरूले पैसा बाँडेको आरोप लगाएको बताएका छन्।

 

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले जनकपुरमा मतदातालाई पैसा बाँडेर नेकपा एमालेका नेता रघुवीर महासेठ र जुली महतोले आफ्नो चरित्र हत्या गर्न खोजेको बताएका हुन्।

अध्यक्ष अन्सारीमाथि मतदातालाई प्रभावित पार्न जनकपुरमा पैसा बाँडेको आरोप लागेको थियो। उनले बिहान ११ बजेको समयमा केही हुल गुण्डाहरू आएर आफूमाथि हमला गर्ने प्रयास गरेको पनि बताए। उनले आफ्नो चरित्र हत्या गर्न खोज्नेहरूमाथि छानबिन गरी कारबाहीको माग गरेका छन्।

 

अध्यक्ष अन्सारीले पत्रकार सम्मेलनमा यस्तो भनेका छन्:

मंगलबार राति ११ बजे म जनकपुर पुगेको थिएँ। हिजो बिहान लुरी बर्काती मदरसामा इदको शुभकामना आदानप्रदानका लागि म जनकपुर गएको थिएँ। कार्यक्रम हिजो सकिएपछि आज मेरो साढे १२ बजेको फ्लाइटबाट फर्किने कार्यक्रम थियो। त्यहीअनुरूप बिहान ११ बजेको समयमा केही १५/२० जना गुण्डाहरू म बसेको होटलमा प्रवेश गरेर एक्कासि हमला गर्ने प्रयास गर्नुभयो। नाराबाजी गर्दै उम्मेदवारहरूलाई पैसा बाँडिरहेको छ भनेर गलत आरोप लगाउनुभयो। यतिसम्म कि यहाँ करोडौं रुपैयाँ बाँडिरहेको छ भनेर आरोप लगाउनुभयो। जुन आरोप अत्यन्तै गलत हो। अत्यन्तै गम्भीर भएर दुःख व्यक्त गर्दछु। म हिजो एमाले पार्टीमा आबद्ध थिएँ। एमाले पार्टीकै सिफारिसअनुसार आयोगको प्रमुख बनेको हुँ। सिफारिस गरेपछि मैले पार्टीबाट सदस्यता परित्याग गरेर साधारण सदस्यसमेत नरहने गरी प्रमुखको सपथ लिएको थिएँ। आज जुन व्यक्तिहरू आउनुभएको थियो। बडो दुःखका साथ भन्नुपर्छ। एमालेका नगर कमिटीका सुरेन्द्र भण्डारीको नेतृत्वमा त्यहाँ टिम आएको थियो। र, पठाउने त्यहाँका नेता जुली महतो र रघुवीर महासेठ थिए। उहाँहरूले त्यहाँ गएर नाराबाजी गर्दै उसको बदनाम गराऊँ भनेर पठाएका थिएँ। अहिले सुरेन्द्र भण्डारी भन्ने व्यक्ति पक्राउ पनि परेका छन्। यदि मैले गलत क्रियाकलाप गरेको हो भने कांग्रेस, माओवादी केन्द्र वा मधेसी दलका नेता/कार्यकर्ताले मलाई घेराउ गर्नुपर्थ्यो। मलाई त्यो आरोप लगाउनुपर्थ्यो। तर, यहाँ म जुन पार्टीबाट प्रमुखका लागि सिफारिस भएको थिएँ, त्यही पार्टीका सीमित नेता तथा कार्यकर्ताले ममाथि यस्तो आरोप लगाए। यो सबै नेताको इसारामा मेरो चरित्रहत्या गर्ने काम भएको छ। यसमा दोषीमाथि छानबिन गर्दै कारबाही गर्न माग गर्दछु।’

अध्यक्ष अन्सारीले आफ्नो चरित्र हत्या गर्ने लक्ष्य राखेर एमालेका नेताहरूले फण्डा मच्चाएको बताए।

२०७९ बैशाख २९, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २९, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ