+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मतदातालाई पैसा बाँडेको आरोपमा एमालेका वडा अध्यक्ष उम्मेदवार प्रहरी नियन्त्रणमा

अत्रिदेव खबर
२०७९ बैशाख २९, बिहिबार

सुर्खेतको गुर्भाकोट नगरपालिका–११ का वडा अध्यक्षका उम्मेदवार राजन विसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

नेकपा एमालेबाट वडा अध्यक्षको उम्मेदवार बनेका बिसीले मतदातालाई पैसा बाँडेको सूचना आएपछि प्रहरीले बुधबार राति नियन्त्रणमा लिएको हो।

बुधबार राति वडाको एक वस्तीमा रहेका मतदाताको घरमा पुगेर उम्मेदवार बिसीले पैसा बाँडिरहेको भन्ने सूचना आएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो। प्रहरीले खानतलासी गर्दा बिसी पुगेको घरमा १ लाख १ हजार रुपैयाँ झोलामा राखेको नगद समेत फेला परेको थियो ।

प्रहरी पुगेर हेर्दा नगद र उहाँ मतदाताको घरमा भेटिनुभएको हो, त्यसपछि नगदसहित उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले भने, ‘यसबारे थप अनुसन्धान हुन्छ ।’

नियन्त्रणमा लिईएका उम्मेदवार बिसीलाई गुर्भाकोटमै रहेको ईलाका प्रहरी कार्यालयमा राखिएको छ।

 

स्थानीय तह निर्वाचन २०७९ का लागि वैशाख २७ गते राति १२ बजेदेखि मौन अवधि सुरु भईसकेको छ ।

 

२०७९ बैशाख २९, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २९, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ