+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मौन अवधिमा चुनावी प्रचारमा प्रयोग गर्ने सरकारी मोटरसाइकल प्रहरीको नियन्त्रणमा

अत्रिदेव खबर
२०७९ बैशाख २९, बिहिबार

कञ्चनपुरको पुनर्वासमा बुधवार राती चुनावी प्रचारमा प्रयोग भएको सरकारी मोटर साइकल स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।

पुनर्वास नगरपालिका वार्ड नम्बर २ का वडाध्यक्ष सन्त कुमार चौधरीले प्रयोग गर्ने म.१ ब ४४४ नम्बरको  मोटर साइकल स्थानीयले प्रहरीलाई बुझाएका हुन ।

बुधवार राती करिब १ बजेको समयमा पुनर्वास नगरपालिका वार्ड नम्बर २ अमरैया टोलमा चुनावी प्रचारमा प्रयोग गरिरहेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिएका थिए ।

स्थानीयले मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक मनिराम भट्टले जानकारी दिए ।

निर्वाचन आचार संहिता विपरीत मौन अवधिमा सरकारी गाडी प्रयोग गरेको पाइएकाले मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

२०७९ बैशाख २९, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २९, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ