+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मतदाता नामावलीमा नाम भएकाले नागरिकता, जग्गाधनी प्रमाणपुर्जाले पनि मतदान गर्न पाउने

अत्रिदेव खबर
२०७९ बैशाख २८, बुधबार

 

मतदाता नामावलीमा नाम भएका सबैले प्रमाणपत्रको आधारमा मतदान दिन पाउने भएका छन्।

 

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने जनाएको हो।

आयोगले शुक्रबार हुने स्थानीय तह निर्वाचनको लागि बिहीबार पनि मतदान केन्द्रहरूबाटै परिचय पत्र दिँदैछ।

 

यस्तै, परिचय पत्र नभएका तर मतदाता नामावलीमा नाम भएका व्यक्तिहरूले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम नामावली विवरणसँग भिडाइ यकिन गरेर मतदान गर्न सकिने जनाएको हो

आयोगले शुक्रबार हुने स्थानीय तह निर्वाचनको लागि बिहीबार पनि मतदान केन्द्रहरूबाटै परिचय पत्र दिँदैछ।

 

यस्तै, परिचय पत्र नभएका तर मतदाता नामावलीमा नाम भएका व्यक्तिहरूले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम नामावली विवरणसँग भिडाइ यकिन गरेर मतदान गर्न सकिने जनाएको हो।

आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ यकिन गरी मतदान गर्न पाउने व्यवस्था गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन पठाइसकेको छ,’ विज्ञप्तिमा भनिएको छ।

२०७९ बैशाख २८, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २८, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ