+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मत खसाल्न एकैदिन ५३ हजारले छाडे काठमाडौं

अत्रिदेव खबर
२०७९ बैशाख २८, बुधबार

बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा भोट हाल्न काठमाडौंबाट गाउँ जानेहरुको क्रम दैनिकरुपमा बढ्दो  रहेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ५३ हजार ८४ जना काठमाडौंका विभिन्न नाकाबाट बाहिरीएका छन्।

चुनाव नजिकिएसंगै उपत्यका भित्रिनेको संख्या घट्दो क्रममा रहेको छ भने बाहिरिनेको संख्या पछिल्लो एक हप्तायता दैनिक ५० हजार माथि रहेको छ।

उपत्यका भित्रिने यात्रुको संख्या भने केही दिनयता सामान्य अवस्थाको भन्दाकम रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरीले जनाएको छ।

मुख्यतः नाकाहरुमा यात्रुको चाप बढ्दो क्रममा रहेको र यात्रुहरु बाहिरिनका लागि सवारीसाधनसमेत सहजरुपमा पाउन सकेका छैनन्।

२०७९ बैशाख २८, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २८, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ