+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

श्रीलंकामा पुनः संकटकाल लागू

अत्रिदेव खबर
२०७९ बैशाख २४, शनिबार

श्रीलंकामा पुन: संकटकाल घोषणा गरिएको छ। श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले ५ सातापछि फेरि संकटकाल घोषणा गरेका हुन्।

देशको आर्थिक संकटलाई लिएर शुक्रबार विभिन्न ट्रेड युनियनले राष्ट्रपतिको राजीनामा माग गर्दै देशव्यापी हड्ताल गरेका थिए।

 

स्वतन्त्रतापछि श्रीलंका सबैभन्दा ठूदो आर्थिक संकटबाट गुज्रिरहेको छ । श्रीलंकामा पछिल्लो समय खाद्यान्न र इन्धनको चरम अभाव भएको छ । त्यस्तै दैनिक उपभोग्य वस्तुको भाउ अकासिएको छ ।

लामो लोडसेडिङ, खाद्यान्न, इन्धन र औषधिको तीब्र अभावले २ करोड २० लाख जनसंख्या भएको श्रीलंकामा व्यापक पीडा निम्त्याएको छ।

कोरोना महामारीसँगै श्रीलंकाली अर्थतन्त्र धराशयी भएको बताइएको छ । कोरोनासँगै श्रील‌ंकाली अर्थतन्त्रको बलियो आधारका रूपमा रहेको पर्यटन उद्योग ठप्प भएको थियो। श्रीलंकाले सन् २०२० को मार्चमा विदेशी मुद्रा बचाउन भन्दै आयातमा प्रतिबन्ध लगाएको थियो।

२०७९ बैशाख २४, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २४, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ