+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

२२ गते एमाले अध्यक्ष ओली सुदूरपश्चिम आउने , एकै दिन दुई जिल्लामा कार्यक्रम

अत्रिदेव खबर
२०७९ बैशाख २०, मंगलबार

कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २२ गते सुदूरपश्चिम आउने भएका छन् । स्थानीय तह निर्वाचनको चुनावी आम सभामा एमालेका उम्मेदवार जिताउन उनी सुदूरपश्चिम प्रदेश आउन लागेका हुन्
२२ गते कञ्चनपुर र कैलालीका तीन ठाउँमा चुनावी आम सभा हुने भएको हो । कञ्चनपुरको बेलौरी नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिकामा चुनावी आम सभा हुने भएको छ ।
कैलालीको बर्दगोरीया वा लम्की चुहा मध्य एक स्थानमा पनि चुनावी आम सभाको तयारी भइरहेको छ । अध्यक्ष ओली आउने कार्यक्रमको लागि तयारी सुरु भएको एमाले कैलालीका इन्चार्ज नारदमुनि रानाले जानकारी दिए ।

२०७९ बैशाख २०, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २०, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ