+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घोडाघोडी ९ नम्बर वडा कार्यलयको उद्घाटन

अत्रिदेव खबर
२०७८ चैत्र १८, शुक्रबार

घोडाघोडी नगरपालिकाको वाडा नम्बर ९ को वडा कार्यलयको एक कार्यक्रमका विच उद्घाटन गरिएको छ। घोडाघोडी नगरपालिका का नगर प्रमुख ममता प्रसाद चौधरी ले आज सो कार्यलयको उद्घाटन गरेका हुन। वडाध्यक्ष कृष्ण साहाको सभापतित्वमा भएको कार्यक्रम को प्रमुख अथिति नगर प्रमुख ममता प्रसाद चौधरी रहेका थिए।

कार्यक्रममा विशिष्ट अथिति हरुमा एमाले कैलाली जिल्ला सदस्य खगेन्द्र ठकुल्ला घोडाघोडी नगरपालिकाका शिक्षा साखाका प्रमुख खगेन्द्र सिंह घोडाघोडी नगरपालिकाका एमाले नगर कमिटी अध्यक्ष बक्त शाही लगायत बिभिन्न पार्टी का प्रतिनिधि हरु रहेका थिए। प्रमुख अथिति को आसन बाट बोल्दै नगर प्रमुख चौधरी ले जनताको काममा यहाका जनप्रतिनिधि हरु दिनरात लागि परेको बताए। कोभिटको समय मा स्थानिय सरकारले निकै महत्वपूर्ण भुमिका खेलेको बताउदै प्रदेश सरकार र केन्द्र सरकारले समेत त्यसको मुल्यांकन गरेको बताए। चौधरी ले यहाको ठुलो समस्या मा रहेको सुकुम्बासी तथा अव्यवस्थित बस्ती व्यवस्थापन को काम अहिले सम्म सकि सक्ने तर गठबंधन को नाममा संसारमै नभएको प्रकिया बाट प्रमादेशको सरकार आएको र त्यस सरकारले जताततै जबर्जस्ती गरेको बताउदै बनेको आयोग समेत भंग गरेको हुदा समस्या आएको बताए। चौधरीले भने तर पनी दिन रातको अथक प्रयासमा अहिले बनेको आयोग संग सम्झौता त गरेका छौ। तर पनि उनिहरुको विस्वास नभएको बताए यध्यपी जनतालाई लाल पुर्जा दिने तर्फ आफु लागि पर्ने बताए

वडा सदस्य निर्मला संज्याल को स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रम को संचालन पत्रकार प्रकाश मिश्र ले गरेका थिए।

२०७८ चैत्र १८, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ चैत्र १८, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ