+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कैलालीको पहलमानपुर बाट हराएका कैलाश १२ वर्षपछि भारतमा भेटिए

अत्रिदेव खबर
२०७७ चैत्र १३, शुक्रबार

पहलमानपुर – ७ वर्षको उमेरमा कैलालीबाट हराएका एक व्यक्ति १२ वर्षपछि भारतमा फेला परेका छन्।

कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित आफ्नै घरबाट २०६५ सालमा वेपत्ता भएका कैलाश शाही १२ वर्षपछि फेला परेका हुन्।

उनी भारतमा रहेको भन्ने जानकारी पाएपछि विभिन्न संस्था र नेपाली प्रहरीको सहयोगमा उद्धार गरी नेपाल ल्याइएको प्रहरीले जनाएको छ।

शाही हाल १९ वर्षका भएका छन्। घरबाट वेपत्ता भएपछि उनी भारत पुगेका थिए। शाहीले दिल्लीमा २ वर्षसम्म सडक बालबालिको रुपमा जीवन बिताएको पाइएको छ।

सडक बालबालिका उद्धार गर्ने संस्थाबाट उद्धार भई जीवनयापन गरिरहेको अवस्थामा उनी हाल भारतको लुधियानामा थिए।

लुधियानामा रहेको भन्ने जानकारी पाएपछि प्रहरीमार्फत् उद्धार गरी बिहीबार आमा गीतादेवी शाहीको जिम्मा लगाइएको कैलाली प्रहरीले जनाएको छ।

२०७७ चैत्र १३, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७७ चैत्र १३, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ