+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विदेशी नागरिकले नजिकै तैनाथ सुरक्षाकर्मीसँग सम्पर्क गर्नुस्‌ : सेना

अत्रिदेव खबर
२०८२ भाद्र २५, बुधबार

काठमाडौँ – नेपाली सेनाले विद्यमान जटिल परिस्थितिको कारण अलपत्र अवस्थामा उद्धार लगायत कुनै पनि सहयोगको पर्खाइमा रहेका विदेशी नागरिकहरूलाई नजिकको सुरक्षा निकाय वा नजिक तैनाथ सुरक्षाकर्मीहरुसँग सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ गरेको छ ।

सेनाले एक सूचना जारी गर्दै आवश्यक परेको खण्डमा सम्पर्क गर्नका लागि आग्रह गरेको हो । ‘विभिन्न उद्देश्यले नेपालमा आई विद्यमान जटिल परिस्थितिको कारण अलपत्र अवस्थामा उद्धार लगायत कुनैपनि सहयोगको पर्खाइमा रहनुभएका सबै विदेशी नागरिकहरुले नजिकको सुरक्षा निकाय वा नजिक तैनाथ सुरक्षाकर्मीहरुसँग सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ’, सेनाले भनेको छ । त्यस्ता विदेशी नागरिकहरुसँग सम्बन्धित होटल, पर्यटन व्यवसायी वा अन्य संघसंस्थाले उद्धार तथा सहयोगका लागि आवश्यक समन्वय र सहजीकरण गर्न समेत सेनाले आग्रह गरेको छ ।

२०८२ भाद्र २५, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ भाद्र २५, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ