+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा ६ स्थानीय तह सम्मानित हुँदै

अत्रिदेव खबर
२०८२ भाद्र ४, बुधबार

काठमाडौं : सङ्घीय सरकारले आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (LISA) मा उत्कृष्ट नतिजा ल्याएका छ वटा स्थानीय तहलाई सम्मान गर्ने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही भदौ ६ गते ती उत्कृष्ट गाउँपालिका र नगरपालिकाहरूलाई सम्मान गर्ने कार्यक्रम तय गरेको हो।

मन्त्रालयका अनुसार, गाउँपालिका र नगरपालिकाको कार्यप्रक्रिया र उपलब्धिलाई मूल्याङ्कन गरी शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा सुधारका क्षेत्रहरू पहिचान गर्न यो स्वमूल्याङ्कन प्रणाली कार्यान्वयनमा ल्याइएको हो। यस प्रणालीले स्थानीय सरकारहरूबीच स्वस्थ प्रतिस्पर्धाको भावना पनि जागृत गराएको मन्त्रालयले जनाएको छ।

गुणस्तर परीक्षणपश्चात् कायम भएको स्वमूल्याङ्कनको अन्तिम नतिजाका आधारमा उत्कृष्ट अङ्क हासिल गर्ने स्थानीय तहहरूलाई सम्मान गर्न लागिएको हो। सम्मानित हुने स्थानीय तहहरूमा खैरहनी नगरपालिका, चितवन,तिलोत्तमा नगरपालिका, रुपन्देही,नीलकण्ठ नगरपालिका, धादिङ,अर्जुनचौपारी गाउँपालिका, स्याङ्जा,बेनीघाट रोराङ गाउँपालिका, धादिङ,रुरुक्षेत्र गाउँपालिका, गुल्मी रहेका छन् ।

राष्ट्रिय स्तरमा उच्चतम अङ्क हासिल गर्ने यी गाउँपालिका तथा नगरपालिकाहरूलाई सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको उपस्थितिमा सम्मान गरिने कार्यक्रम रहेको छ। सोही अवसरमा ‘स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली’ को पनि शुभारम्भ गरिने मन्त्रालयले जनाएको छ।

२०८२ भाद्र ४, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ भाद्र ४, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ