+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कीर्तिपुर फ्लडलाइट विवाद: प्रधानमन्त्रीलाई माओवादी सांसद भाटको व्यंग्य

अत्रिदेव खबर
२०८२ अषाढ ३०, सोमबार

काठमाडौं  : प्रधानमन्त्रीले कीर्तिपुरको क्रिकेट मैदानमा जडान भइरहेको फ्लडलाइटको काम सम्पन्नताको विषयलाई लिएर दिएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश सभा सांसद ओम विक्रम भाट ‘सरल’ ले कडा व्यंग्य गरेका छन्।

प्रधानमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डलाईलाई कीर्तिपुरमा पोल हेर्न जान आग्रह गर्दै काम सम्पन्न हुन लागेको संकेत दिएपछि सांसद भाटले यसमाथि प्रश्न उठाएका हुन्। सांसद भाटले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, “प्रधानमन्त्रीज्यू, कीर्तिपुर फ्लडलाइटको काम २०८२ वैशाख २४ मा सम्पन्न हुने भन्नुभएको होइन? अनि आज तपाईंले असार ३० गते फेसबुकमा लेख्दै प्रमुख प्रतिपक्षी दलको नेतालाई पोल हेर्न जानू भन्नु भएछ। प्रधानमन्त्रीका लागि पोल आउनु भनेकै काम सम्पन्न हुनु लागेछ।”

उनले प्रधानमन्त्रीको विगतका कामहरूलाई जोड्दै थप व्यंग्य गरेका छन्। “त्यसो त धरहरा पनि काम नहुँदै उदघाटन गरेको गौरवशाली इतिहास वहाँसँग छ। अब कीर्तिपुरमा पनि एक थान पोलकै उदघाटन गर्ने त होला प्रधानमन्त्रीज्यू, हैन र?” भाटले प्रश्न गरेका छन्।यस भनाइले कीर्तिपुर फ्लडलाइट जडानको प्रगति र सरकारको कार्यशैलीमाथि प्रतिपक्षी दलको असन्तुष्टि र व्यंग्यात्मक प्रहार स्पष्ट रूपमा झल्काउँछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लेखेको स्टाटस :

२०८२ अषाढ ३०, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ अषाढ ३०, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ