नुवाकोट : एक्कासि आएको बाढीले त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
नुवाकोटको बिदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा फसेका नुवाकोट, विदुर नपा-१ लभडाँडा मिलन चौतारा बस्ने वर्ष ६७ को पाल्देन तामाङ र श्रीमती वर्ष ६२ को मंगली तामाङको उद्धार गरिएको विपद प्राधिकरणले जानकारी दिएको छ ।उनीहरूको साढे २ घण्टापछि उद्धार गरिएको हो । उनीहरू त्रिशूली नदीको किनारामा दाउरा काट्न जाँदा चीनमा भएको वर्षाको कारण एक्कासि त्रिशूली नदीमा आएको बाढीमा फसेका थिए ।
बाढीमा फसेकाहरू सिसौको रुखको आड लिएर बसेका थिए । हावा र पानीको बहाबका कारण उद्धारमा कठिनाइ भएको थियो ।
२०८२ अषाढ २४, मंगलबार