+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रचण्डको सन्देश: २०८४ को चुनाव क्रान्तिको नयाँ चरण

अत्रिदेव खबर
२०८२ अषाढ २१, शनिबार

काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई आगामी २०८४ सालको निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन्। पर्सा-काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आउने चुनावलाई ‘नेपाली क्रान्तिको नयाँ चरण’ का रूपमा व्याख्या गरे।

प्रचण्डले निर्वाचनको लडाइँलाई प्राथमिकतामा राख्दै पार्टीमा भर्खरै प्रवेश गरेकाहरूको भूमिका महत्त्वपूर्ण हुनेमा जोड दिए। उनले भने, “हामी निर्वाचनको लडाइँ अब लड्दैछौं। त्यो निर्वाचनमा पार्टी प्रवेश गरेकाहरूको भूमिका निर्णायक हुन्छ।” युवाहरूमा नयाँ उत्साह र उमङ्ग भर्ने आफ्नो योजना रहेको पनि उनले बताए।

अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले विगतमा महिला, दलित, आदिवासी र उत्पीडित समुदायको हकहितका लागि क्रान्तिको झण्डा उठाएको स्मरण गराएका थिए। उनको भनाइले पार्टीले सामाजिक न्याय र समावेशिताका मुद्दाहरूलाई आगामी निर्वाचनमा पनि प्राथमिकता दिने संकेत गरेको छ।

२०८२ अषाढ २१, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ अषाढ २१, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ