+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पेट्रोलियम पदार्थको मूल्य वृद्धि: पेट्रोल १६५, डिजेल र मट्टितेल १४९

अत्रिदेव खबर
२०८२ अषाढ १७, मंगलबार

काठमाडौं  : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि गरेको छ । आज रातिदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएर १६५ रुपैयाँ पुर्याएको छ ।

यस्तै, डिजेल र मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर ४ रुपैयाँ वृद्धि भएको छ । अब डिजेल र मट्टीतेलको नयाँ मूल्य प्रतिलिटर १४९ रुपैयाँ कायम भएको छ ।निगमका अनुसार इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट नयाँ मूल्यसूची बढेर आएकाले यहाँ पनि मूल्य समायोजन गरिएको हो ।

यसका साथै, हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) को मूल्य पनि बढेको छ । निगमले प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले वृद्धि भएको जानकारी दिएको छ ।

२०८२ अषाढ १७, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ अषाढ १७, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ