काठमाडौं : पतञ्जलि जग्गा प्रकरणमा दायर भएको भ्रष्टाचार मुद्दामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको विशेष अदालतमा बयान सुरु भएको छ। नेपाल आज (बुधबार) आफैँ बयान दिन अदालत पुगेका हुन्।
अदालतको इजलास नम्बर २ मा न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपालको बयान लिइरहेको छ। बयान सकिएलगत्तै थुनछेक बहस सुरु हुनेछ।नेपाल प्रधानमन्त्री हुँदा पतञ्जलि योगपीठलाई अवैध तरिकाले जग्गा बिक्रीको अनुमति दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको थियो। गत जेठ २२ गते अख्तियारले नेपालसहित ९३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
यस प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालका हकमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, जरिवाना र सजाय मागदाबी गरिएको छ।
२०८२ अषाढ ११, बुधबार