काठमाडौं : जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) ले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ। पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले संघीय संसदीय दललाई सरकारबारेको निर्णय पुनर्विचार गर्न निर्देशन दिएको छ।
जसपा नेपालका प्रवक्ता मनिष सुमनले बैठकले ओली सरकार भ्रष्टाचार नियन्त्रण गर्न, सुशासन कायम गर्न, र संविधान संशोधन गर्न पूर्णतः असफल भएको निष्कर्ष निकालेको बताए।प्रवक्ता सुमनले भने, “सरकारलाई विगतमा दिइएको समर्थनबारे पुनर्विचार गरी निर्णय गर्न पार्टीको संघीय संसदीय दललाई निर्देशन दिने निर्णय गरिएको छ। हामीले निर्देशन दिएका छौँ। थप निर्णय अब संसदीय दलको बैठकले गर्छ।”
यो निर्णयसँगै ओली सरकारको भविष्यमाथि प्रश्नचिह्न खडा भएको छ। जसपा नेपालको संघीय संसदीय दलको बैठकले गर्ने निर्णयले आगामी राजनीतिक समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने देखिन्छ।
२०८२ अषाढ ९, सोमबार