+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुर्खेतदेखि पैदल हिँडेर काठमाडौं आइपुगेका नवराजले भेटे प्रचण्ड, कर्णालीको विकास र सुशासनबारे छलफल

अत्रिदेव खबर
२०८२ अषाढ ९, सोमबार

काठमाडौं:  सुर्खेतबाट एक महिना लामो पैदल यात्रा गर्दै काठमाडौं आइपुगेका अभियन्ता नवराज बोहराले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन्। बोहराले प्रचण्डलाई भेटेर आफ्नो अभियानका उद्देश्यहरूबारे जानकारी गराएका हुन्।

वातावरण संरक्षण, कर्णाली प्रदेशको समग्र विकास, अनियमितता तथा भ्रष्टाचारविरुद्ध खबरदारी र सुशासन स्थापनाको मूल ध्येयका साथ बोहराले यो लामो पैदल यात्रा गरेका थिए। उनले आफ्नो अभियानको मर्म र भावी योजनाबारे प्रचण्डलाई ब्रिफिङ गरे। अध्यक्ष प्रचण्डले बोहराको अभियानलाई माओवादी केन्द्रको आफ्नै अभियानसँग मेल खाने बताएका छन्। उनले आफू सरकारमा रहँदा कर्णाली प्रदेशको समृद्धि र विकासका लागि गरेका विभिन्न पहलकदमीहरू नै त्यसको प्रमाण भएको स्पष्ट पारे। प्रचण्डले बोहराको यस प्रशंसनीय अभियानलाई पूर्ण साथ दिने प्रतिबद्धता व्यक्त गर्दै अभियानलाई निरन्तरता दिन शुभकामना समेत दिएका छन्।

बोहराको यो पैदल यात्राले कर्णालीको आवाजलाई काठमाडौंसम्म पुर्‍याउनुका साथै सुशासन र विकासका लागि नागरिकस्तरबाट भइरहेका पहलहरूलाई थप ऊर्जा प्रदान गरेको छ।

२०८२ अषाढ ९, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ अषाढ ९, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ