+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजेन्द्र पाण्डेको माग: निजामती विधेयक तत्काल ल्याउनुहोस्, ‘कुलिङ पिरियड’ नहटाउनुहोस्

अत्रिदेव खबर
२०८२ अषाढ ५, बिहिबार

काठमाडौं : नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारलाई तत्काल निजामती विधेयक ल्याउन माग गरेका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उच्च पदस्थ कर्मचारीहरूले दुई वर्षको ‘कुलिङ पिरियड’ हटाउन दबाब दिएको भन्दै सरकारलाई यस्तो माग गरेका हुन्।

पाण्डेले ‘कुलिङ पिरियड’ खारेज गराउनका लागि २५ जना सचिवले संयुक्त राजीनामा दिने धम्की दिएर विधेयक ल्याउन अवरोध सिर्जना गरेको सुनिएको बताए। उनले सरकारलाई यस विषयमा खुट्टा नकमाउन र विधेयक तुरुन्त ल्याउन आग्रह गरे।

“२५ जना सचिवले राजीनामा दिन्छन् भने नयाँ सहसचिवले काम पाउँछन्। नयाँ व्यक्तिले जिम्मेवारी पाउँछन्,” पाण्डेले भने। उनले धम्कीका भरमा नीति निर्माणको काम रोक्न नहुनेमा जोड दिए।

२०८२ अषाढ ५, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ अषाढ ५, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ