+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

संसदमा नेकपा एसका सांसद थापाले च्याते बजेट पुस्तिका

अत्रिदेव खबर
२०८२ अषाढ ५, बिहिबार

काठमाडौँ: नेकपा एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले बजेट पुस्तिका च्यातेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसद थापाले बजेट नेतामुखि भएको भन्दै बजेट पुस्तिका च्यातेका हुन् ।दैलेखहुँदै जुम्ला जाने सडकमा ७९ किलोमिटर दूरी छोटिन्छ भन्दा सरकारले नसुनेको उनले बताए । सांसद थापाले सरकारले ल्याएको बजेट नेतामुखि भएको र जनताबाट उठेको राजस्वले जनताप्रति उत्तरदायित्व नलिएको आरोप लगाए ।

‘भौतिक मन्त्रालयको बजेटले धेरै जिल्ला सम्बोधन गर्न सकेन । अहिलेको बजेट नेतामुखि भएको हुनाले बजेटको किताब हेरेँ, जनताबाट उठेको राजस्वले जनताप्रति उत्तरदायित्व लिएको छैन । एकाधिकार कायम गरेकाले अनुमति लिएर सदनभित्र यो किताब च्यातेको छु,’ उनले भने ।

२०८२ अषाढ ५, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ अषाढ ५, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ