+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

संसदमा रास्वपा र राप्रपाको विरोध जारी: भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिनको माग

अत्रिदेव खबर
२०८२ अषाढ ३, मंगलबार

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध प्रदर्शन जारी राखेका छन्। सभामुख देवराज घिमिरेले बैठकको कार्यसूचीमा प्रवेश गरेको जानकारी गराएसँगै यी दुई दलका सांसदहरूले उठेर टेबल ठोक्दै विरोध जनाएका हुन्।

सभामुख घिमिरेले पटकपटक सांसदहरूलाई आसनग्रहण गर्न आग्रह गरे पनि उनीहरूले आफूहरूलाई पहिले बोल्न दिन माग गरेका थिए। रास्वपा लगायतका विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने मुख्य माग राख्दै आएका छन्।

यसअघि, गत शुक्रबार कांग्रेस, एमाले र माओवादीबीच सदन सञ्चालनका विषयमा दुई बुँदे सहमति भएको थियो। बिहीबारसम्म नेकपा (माओवादी केन्द्र) पनि रास्वपाको माग अनुसार विरोधमा सहभागी थियो। रास्वपाका सांसदहरूले यसअघिका बैठकहरूमा पनि संसदको वेल घेराउ गर्दै विरोध जनाएका थिए। आजको बैठकमा पनि विरोध जारी राखेपछि सभामुख घिमिरेले रास्वपाकी सांसद चन्दा कार्की भण्डारीलाई बोल्नका लागि समय दिएका थिए। संसदको गतिरोध अन्त्यका लागि सभामुखले दिएको यो समयले कस्तो निकास दिन्छ, त्यो हेर्न बाँकी छ।

 

२०८२ अषाढ ३, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ अषाढ ३, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ