+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रतिनिधिसभा बैठक

सङ्घीय निजामती सेवा विधेयक आज पारित हुने, नागरिकता विधेयक पनि पेस हुँदै

अत्रिदेव खबर
२०८२ अषाढ ३, मंगलबार

काठमाडौँ  : सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १:०० बजे बस्ने प्रतिनिधिसभा बैठकले सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय गरेको छ। लामो समयदेखि विचाराधीन रहेको यो विधेयक आजको बैठकबाट पारित हुने सम्भावना रहेको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ। आज यस प्रस्तावमाथि छलफल भई विधेयक पारित गर्ने तयारी छ।

यसैगरी, आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पनि पेस गर्ने कार्यसूची निर्धारण गरिएको छ। यससँगै नागरिकता विधेयकमाथिको छलफलले पनि सदनमा प्रवेश पाउने भएको छ।

२०८२ अषाढ ३, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ अषाढ ३, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ