+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सभामुखको कार्यशैलीप्रति राप्रपा अध्यक्ष लिङ्देन असन्तुष्ट: ‘भद्रगोलमा संसद् चलाएर मर्यादा तोडियो’

अत्रिदेव खबर
२०८२ अषाढ २, सोमबार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूलाई सरकारले बजेटमा भाग लिने वातावरण नै नबनाएको आरोप लगाएका छन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न सरकारले अटेर गरेको भन्दै प्रतिनिधि सभाको बैठक बहिष्कार गरेपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले यस्तो आरोप लगाएका हुन्।उनले सभामुखले विरोधमा रहेका दलहरूलाई वार्तामार्फत मिलाउन लाग्नुको सट्टा जबरजस्त बैठक अगाडि बढाएको बताए। लिङ्देनले सभामुखले ‘भद्रगोल अवस्थामा सदन चलाएर संसदीय मर्यादा र परम्पराविपरीत काम गरेको’ आरोपसमेत लगाएका छन्।

अध्यक्ष लिङ्देनले भने, “सभामुखबाट अनुचित काम भइरहेको छ, यस्तो बैठकमा हामी बस्दैनौँ। जबसम्म संसद्मा एउटा थिति बस्दैन, शान्तिपूर्ण ढङ्गले संसद् चल्ने वातावरण नभएसम्म हामी बैठक बहिष्कार गरिराख्छौँ। हामीले सभामुखलाई त्यसबारे जानकारी गराएका छौँ।” उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग आफूहरू मुद्दामा एक ठाउँमा रहेको बताए। उनले थपे, “इस्युमा एक ठाउँमा छौँ। आवश्यक परे छलफल गरेर सहकार्य गरेर जान पनि सक्छौँ। अहिले हामी आआफ्नै ढङ्गले जोडिएका छौँ।”

२०८२ अषाढ २, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ अषाढ २, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ