+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट प्रस्तुत गर्दै

अत्रिदेव खबर
२०८२ अषाढ १, आईतबार

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आज साँझ बजेट प्रस्तुत गर्दैछ। प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह थापाले साँझ ५ बजे बजेट पेस गर्ने कार्यक्रम रहेको छ।

संविधानले तोकेको व्यवस्था अनुसार असार १ गतेभित्र बजेट प्रस्तुत गर्नुपर्ने कानुनी प्रावधान अनुरूप प्रदेश सरकारले सम्पूर्ण तयारी पूरा गरेको छ। चालु आर्थिक वर्ष २०८१/०८२ मा प्रदेश सरकारले ३१ अर्ब ६२ करोड रुपैयाँको बजेट ल्याएको थियो। आगामी आर्थिक वर्षको बजेट पनि सोही हाराहारीमा रहने अनुमान गरिएको छ।

यस वर्षको बजेटमा प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदहरूलाई पाँच करोड रुपैयाँ र समानुपातिक सांसदहरूलाई तीन करोड रुपैयाँ बराबरका योजनाहरू समावेश गर्ने तयारी गरेको छ। सांसदहरूको सिफारिसमा यी योजनाहरू विषयगत मन्त्रालयमार्फत बजेटमा समावेश गरिने बताइएको छ। प्रदेशसभाका ५२ जना सदस्यलाई कुल दुई अर्ब १८ करोड रुपैयाँ बराबरका योजना बाँडिने तयारी भइरहेको छ।

आर्थिक मामिला मन्त्रालयद्वारा शुक्रबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण अनुसार, हालसम्म प्रदेश सरकारले जम्मा आठ अर्ब ७९ करोड ५१ लाख रुपैयाँ मात्र खर्च गरेको छ। चैत मसान्तसम्म १० अर्ब ९८ करोड ९ लाख रुपैयाँ खर्च हुन बाँकी रहँदा, प्रदेश सरकारलाई तीन अर्ब ८५ लाख ६६ हजार रुपैयाँ बराबरको राजस्व घाटा देखिएको छ।  आज प्रस्तुत हुने बजेटले प्रदेशको आर्थिक अवस्थालाई कसरी सम्बोधन गर्छ र सांसदहरूका लागि छुट्याइएका योजनाहरूले विकासमा कस्तो प्रभाव पार्ला भन्नेमा सबैको चासो रहेको छ।

२०८२ अषाढ १, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ अषाढ १, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ